Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश अधिवेशन : उम्मेदवारी टुंग्याउन समूहभित्रै सकस

१५ मंसिर ,काठमाडौ । कांग्रेसमा प्रदेश नेतृत्वका लागि उम्मेदवार तय गर्न संस्थापन र संस्थापनइतर समूहभित्रै रस्साकसी चलेको छ ।

आकांक्षी धेरै हुँदा समूहको तर्फबाट टिम बनाउन केन्द्रबाट खटिएका नेताहरू सकसमा परेका छन् । प्रदेश १ मा संस्थापनइतर समूहमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार छन् ।

केन्द्रीय सदस्य शेखर कोइरालाले टिम निर्माणको संयोजन गरिरहेका छन् । संस्थापन समूहमा मोरङका पूर्वसभापति अमृत अर्याल र कृष्णप्रसाद सिटौला समूहमा झापाका पूर्वसभापति उद्धव थापा आकांक्षी छन् । कोइराला समूहको वर्चस्व रहेको प्रदेश १ मा शेरबहादुर देउवा–सिटौला समूहबीच गठबन्धन हुने सम्भावना रहेको एक नेताले बताए । सिटौलाले थापालाई अघि सार्न खोजिरहेका छन् ।

उपसभापति विमलेन्द्र निधिले आफ्नो गृहक्षेत्र रहेको प्रदेश २ मा सर्वसम्मत र आफ्नो पक्षमा बहुमत हुने गरी परिणाम ल्याउने प्रयास गरिरहेका छन् । उनले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई सर्वसम्मत सभापति बनाउन चाहेका छन् । देउवा समूहबाट बाराका पूर्वसभापति कृष्णा यादव र पर्साका पूर्वसभापति अजय द्विवेदीले सभापतिमा दाबी गरेका छन् । संस्थापनइतर समूहबाट सप्तरीका पूर्वसभापति रामकुमार यादव आकांक्षी छन् ।

सभापतिका आकांक्षीहरूको चर्चा सुरु भए पनि प्रदेश र केन्द्रीय प्रतिनिधि चुनिने क्रममा ढिलाइ भएको छ । बाँकी रहेका जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा महाधिवेशन एकै दिन गरेर भए पनि १६ गते अधिवेशन सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगको तयारी छ । ‘प्रदेश २ का केही जिल्लामा ढिलाइ भइरहेको छ, तर हामीले ‘एल’ आकारको सूत्र ९ एउटै लाइनमा लागेर दुइटा निर्वाचनमा मतदान गर्ने प्रक्रिया० बाट निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेका छौं,’ निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment