Comments Add Comment

Advertisment

SKIP THIS

वीरगन्जको नेशनल मेडिकल कलेजमा पर्सा प्रहरीको छापा : एमडी र टेक्निसियन पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेको छ।

मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा अनुगमन टोलीले छापा मारेकाे हो। छापामारीमा सन २०१९, २०२०, २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको पर्सा प्रहरीले जनाएको छ।

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका छन् ।

उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको (डेट एक्सपायर) केमिकलहरु बरामद भएको छ। बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै