Comments Add Comment

Advertisment

SKIP THIS

९ किलो लागुऔषध गाँजासहित प्रहरीले पोखराबाट एक जनालाई पक्राउ

कास्की, नौ किलो आठ सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका– ४ स्थायी घर भई हाल गोरखा नगरपालिका– ४ बतासे बस्ने वर्ष २४ का मदन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखरा– २७ तालचोकस्थित पृथ्वी राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको ग.१च ५१३२ नम्बरको कारबाट गाँजासहित नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारको डिक्कीभित्र रातो प्लास्टिकमा पोको पारी लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको गाँजा तत्काल तौल गर्दा सो परिमाणमा फेला पारेको प्रहरीको भनाइ छ । पक्राउ परेका नेपालीलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै