Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले एकजनालाई पक्राउ

काठमाडौंको चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती छन् । प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसमा कछुवा ‘बिक्री डिल’ गरिरहेको अवस्थामा पक्राउ परेका आशिष थापाको साथबाट एउटा सुनौलो रंगको कछुवा बरामद गरेको छ ।

आशिषले सुनौलो कछुवा बेच्न २० लाखमा डिल गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए । आरोपमाथि थप अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै