Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको एक रेष्टुरेन्टमा भारतीयलाई बन्दक बनाइ डाँका चोरी गर्ने ९ जनालाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौंको एक रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयभूको टोलीले ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले बिहीबार साँझ ६ बजेतिर काठमाडौं महानगरपालिका–१५ किमडोल कारखाना चोकस्थित भारतीय नागरिक शुभकान्त सामल, अनिकेत कुमार, अर्जुन कुमार, गौरब शेखर र अर्विन्द कुमारलाई रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोप छ ।

 

पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भएका २६ वर्षीय निल कुमार तामाङ, गोरखाको आरुघाट गाउँपालिका–२ घर भएका २४ वर्षीय रमेश कार्की, सलयानको दार्मा गाउँपालिका(२ घर भएका २४ वर्षीय सञ्जय चन्द ठकुरी, मकवानपुरको भीमफेदी गाउँपालिका–५ घर भएका ३० वर्षीय आशिष प्रजा छन् ।

त्यसैगरी रामेछापको सुनापति गाउँपालिका–५ घर भएका ३१ वर्षीय विशाल खड्का, तनुहँको व्यास नगरपालिका–११ घर भएकी २७ वर्षीया पेमा गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–४ घर भएकी २१ वर्षीय रितु मगर, गारखाको सिरानचोक गाउँपालिका–२ कि २१ वर्षीया मनिषा गुरुङ र धादिङको निलकण्ठ नगरपालिका–५ घर भएका २४ वर्षीय बाबुराम श्रेष्ठ छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै