Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौँ । डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश कार्यालयमा सरुवा गरेका हुन् ।

सिंह काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिइन् । सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

यसअघि गण्डकी प्रदेशमा कार्यरत डीआईजी विकाशराज खनालले अवकाश पाएका छन् । उनले ५६ वर्षीय उमेर हदका कारण वैशाख ६ मा अवकाश पाएका हुन् । खनालले अवकाश पाएसँगै गण्डकी प्रदेश प्रहरी कार्यालयमा डीआईजीको पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै