Comments Add Comment

Advertisment

SKIP THIS

अत्यधिक मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउने नितेश सिंहलाई प्रहरीले पक्राउ

रौतहट । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। स्थानीय राजदेवी नगरपालिका ९-ब्रहम्पुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा आगो लगाएकोमा स्थानीय र प्रहरी टोलीले तत्कालै आगो निभाएको थियो ।

आगो तत्काल नियन्त्रणमा नआएको भए वरपरका अन्य घर समेत जलेर ठुलो जनधनको क्षति हुन सक्ने प्रबल सम्भावना देखा परेको हुँदा आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “आपराधिक उपद्रो” शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै