काठमाडौं जिल्ला प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले आज प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त बौद्धको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन
एसएसपी रजौरेले निर्देशनको क्रममा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने निर्देश दिएका छन् ।
साथै एसएसपी रजौरेले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस: पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।



