Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी श्रीमती संघद्वारा बाह्रबर्षे पिण्डेश्वर मेलामा नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौ र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश विराटनगरको संयुक्त आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरको सहकार्य तथा कोशी प्रदेश ईनरुवाको प्राविधिक सहयोगमा मिति २०८०।१२।२७ गते देखी मिति २०८१।०१।२८ गते सम्म सञ्चालित बाह्रबर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेलामा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी मेला अवधिभर निरन्तर रुपमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविर तथा जल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

“सेवा नै धर्म हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गरी नेपाल प्रहरी श्रीमती संघद्धारा सञ्चालित उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, प्राविधिक टोली, मेला आयोजक समिति, स्थानिय जनप्रतिनिधीहरु र प्रहरी कर्मचारीहरु निरन्तर रुपमा खटिई उक्त कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।

साथै नेपाल प्रहरी श्रीमती संघले सामाजिक सेवाको क्षेत्रमा पुर्याउदै आएको योगदानको उच्च कदर गर्दै बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह मुल आयोजक धरान समितिद्धारा संघका अध्यक्ष लक्ष्मी कुँवर , महासचिव अनुश्री पाख्रीन, सल्लाहकार श्रीमती निलम कडायत र प्रहरी नायब निरीक्षक भिमसेन बिक्रम थापालाई सम्मान- पत्र समेत प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै