Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले आठ महिनापछि पक्राउ

काठमाडौं: जबरजस्ती करणी (बलात्कार) मुद्दामा फरार रहेका दुई जना अभियुक्त आठ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी पिपरा–५ का २० वर्षीय सौरभ झा र काभ्रे नमोवुद्ध–९ का २२ वर्षीय साजन अधिकारी रहेको प्रहरीले जनाएको छ।

अभियुक्तहरूले गएको भदौ २९ गते कलङ्कीमा रहेको लोमस गेष्ट हाउसभित्र परिवर्तित नाम ‘कालीमाटी–२६’माथि पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि दुबैजना फरार थिए।

यसक्रममा उनीहरू काठमाडौंमै रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झालाई काठमाडौँको बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पछि दुबैजनामाथि आवश्यक थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीले गरिरहेको छ।

यस्तै पक्राउ परेका अभियुक्त अधिकारीविरुद्ध गएको पुस ४ गते धादिङमा भएको एक घटनामा ज्यान मार्ने उद्योग मुद्दाको पनि फरार अभियुक्त रहेको खुल्न आएको एसपी रेग्मीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै