Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रकम बरामद

२० जेठ , काठमाडौ । सुनसरीबाट सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ ।

शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख ० र ५ सय दरको ८ सय थान ९४ लाख रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् ।

नगद रकम , कार र चालकलाई आबश्यक अनुसन्धान तथा कारबाहिका लागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उक्त रकम हुन्डी कारोबारको हुन सक्ने आशंका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment