Comments Add Comment

Advertisment

SKIP THIS

चौरपाटी गाउँपालिकाको बेरुजु १७ करोड नाघ्यो, एक वर्षमै थपियो २ करोड ६९ लाख !

२६ जेठ , काठमाडौ । अछामको चौरपाटी गाउँपालिकाको बेरुजु १७ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९र८० को प्रतिवेदनमा २ करोड ६९ लाख ७७ हजार थपिएसँगै १७ करोड ४० लाख २८ हजार बेरुजु पुगेको हो ।

महालेखाको प्रतिवेदन अनुसार बेरुजु असुल गर्नुपर्ने रू २३ लाख ६ हजार, नियमित गर्नुपर्ने ३९ लाख १३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ५ लाख ५८ हजार र शोधभर्ना गर्नुपर्ने २ लाख गरी २ करोड ६९ लाख ७७ हजार रहेको छ ।

चौरपाटी गाउँपालिकाको अघिल्लो आर्थिक वर्षसम्म १४ करोड ७० लाख ५१ हजार बेरुजु रहेको थियो । हालसम्मको अद्यावधिक बेरुजू १७ करोड ४० लाख २८ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका नेपाल सरकारी लेखापरीक्षण मान, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानुन बमोजिम गरिएको छ ।

वित्तीय प्रतिवेदन तयार गर्ने चौरपाटी गाउँपालिकासँग हामी स्वतन्त्र छौं। त्यसका लागि प्रचलित कानुन र स्वीकृत आचारसंहिता अनुसार हामीले कार्य गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।’

यस्तै यो वर्ष अघिल्लो वर्षको भन्दा बेरुजु रकम घटेको छ । आर्थिक वर्ष २०७८र७९ मा ३ करोड १९ लाख एक हजार बेरुजु देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment