१७ मंसिर , काठमाडौ । काठमाडौँको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ ।

आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ । प्रहरी पनि आयोग नियन्त्रणमा खटिएको छ ।

ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो सवा २ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आइसकेको छैन ।



