Comments Add Comment

Advertisment

SKIP THIS

ज्ञानेन्द्र शाहीद्वारा “नमेटिने घाउ’’को डविङ

६ साउन , काठमाडौ । अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला डबिङमा छ ।

चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पाटोको डबिङ सकाएका छन् । चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको छ । उनले केहि दिनमा डबिङ गर्ने निर्देशक रमित ढुङ्नाले जानकारी दिए ।

छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड पीडितहरुको बास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै