Comments Add Comment

Advertisment

SKIP THIS

सौर्य एयरलाइन्सका पाइलटको जीवितै उद्धार, चार जना यात्रुको शव निकालियो

९ साउन , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानबाट चार जनाको शव निकालिएको छ ।

सौर्य एयरलाइन्सको विमानबाट अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका हुन् ।

सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै