Comments Add Comment

Advertisment

SKIP THIS

गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार

१३ साउन , काठमाडौ । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका पाँचमध्ये दुई जनाको उद्धार गरिएको हो । उनीहरु घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।

पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिएको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै