१५ साउन , काठमाडौ । पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।
धुनीवेशी नगरपालिकास्थित वडा नम्बर-९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो आउँदा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो । सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन्।
पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ ।


