Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीप र दीपेन्द्र आवद्ध टिम भ्यानकुभरले मोन्ट्रियललाई हरायो

२१ साउन , काठमाडौ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ।

टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हासिल गरेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९।२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो।

भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे । एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए । उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए।

चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए। यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै