Comments Add Comment

Advertisment

SKIP THIS

सुन्दरीजल घुम्न गएका एक युवक मृत फेला

२५ साउन ,काठमाडौं । सुन्दरीजल घट्टेखोलामा एक युवक मृत फेला परेका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित घट्टेखोलामा एक युवक मृत फेला परेका हुन् । काठमाडौं महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी सुन्दरीजल घुम्न गएको र बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीलाई आएको थियो।

प्रहरी वृत्त बौद्व लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार शव फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै