२६ साउन ,काठमाडौं । केपीओली नेतृत्वको सरकारमा मन्त्रीहरुको कार्यशैली र क्षमताकाविषयमा सार्वजनिक रुपमा बहस भइरहेको छ ।
विशेषगरी गृह, स्वास्थ्य, पर्यटन जस्ता मन्त्रालय धेरैको चासोमा छ । पछिल्ला दिनभएकाहवाइ दुर्घटना र पर्यटन क्षेत्रमा देखिएको गतिविधिका कारण संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रीबद्रीप्रसाद पाण्डे केन्द्रविन्दुमा छन् ।
पाण्डेलाई पर्यटन क्षेत्रलाई चलायमानबनाउन र हवाइ क्षेत्रलाई व्यवस्थित र सुरक्षितबनाउनुपर्ने जिम्मेवारीसँगै चुनौतीपनिथपिएको छ। समयनाकूल पर्यटन ऐन तथानीतिनिर्माण, समग्र मुलुकको हवाई उड्डयन क्षेत्रको सुधार र विकास प्राथमिकतामा राख्नुपर्ने बाध्यता छ ।
युरोपेली संघ (ईयु)ले नेपालीविमानकम्पनीलाई विगतपाँचवर्षदेखि कालो सूचीमा राखिरहेको छ । उनकालागिनेपालीविमानकम्पनीलाई कालो सूचीबाट हटाउनुलाई प्रमुखचुनौतीलाई सम्हालेर काम गर्नुपर्ने जिम्मेवारी पनि छ ।
हवाई दुर्घटनाको विषयमानियामकनिकायको कमजोरी देखिएको भन्दै नेपालनागरिक उड्डयनप्राधिकरणका महानिर्देशक (डीजी)लाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयपनि पेचिलो छ । मन्त्री पाण्डेलाई सांसद एवमपूर्वमन्त्री सुमनाश्रेष्ठले सुझावपत्रपनि पठाएकी छन् ।
हवाई उडानमा मौसम पूर्वानुमानले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले। मौसमकै कारण अर्थात् बादललागेका बेला उडान भर्दा नुवाकोटको शिवपुरी सुइरेचौरमा हेलिकप्टर दुर्घटना भएको निष्कर्ष निकालेकाले मौसमकाबारेमा पनि समीक्षा गरेर काम गर्नुपर्ने अवस्था छ ।
हुनत सरकारको हवाई उड्डयन मौसम शाखाभन्ने छुट्टै निकाय छ, जुनऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रालयअन्तर्गतको जलतथा मौसम विज्ञान विभागमा रहेको ‘हवाई उड्डयन मौसम शाखा’ले जनशक्तिको अभावझेलिरहेको छ । २४ घण्टा ३६५ दिन नै सेवाप्रदान गर्ने यो शाखामाअहिले २ सिफ्टमा १३ जनाकर्मचारी खटिएका छन् ।
जलतथा मौसम विज्ञान विभागमा २०४४ को कुल दरबन्दी ३२६ थियो तर अहिले २५१ मा खुम्चिएको छ । २०४४ को हवाई चापको अनुपातमा २०८१ को हवाई चापपनिउत्तिकै बढेको छ ।
श्रेष्ठले जनशक्तिलाई आवश्यक गुणस्तरीय तालिम समेत प्रदान गर्न सुझावदिएकी छिन् । फ्लाइट सिफ्ट अनुसार साङ्गठनिक संरचनाको अभावपूर्तिका लागिकार्यविधिबनाउन सुमनाले मन्त्री पाण्डेलाई पठाएको सुझावपत्रमा लेखेकी छन् ।
उनले नागरिक उड्डयनप्राधिकरण विधेयक र एयरपोर्ट सेवाप्राधिकरण विधेयकको मस्यौदा कानुनमन्त्रालय र अर्थ मन्त्रालयबाट पारित भएर अझै प्रधानमन्त्रीको कार्यालयमाथन्किएको पत्रपत्रिकाकोहवालादिँदै उल्लेख गरेकी छन् । नागरिक उड्डयनप्राधिकरणलाई छुट्याउनआवश्यकविधेयकका मस्यौदालाई छिट्टै नै संशोधन गरी सदनमादर्ता गराउनमन्त्री पाण्डेलाई सुझावदिएकी छन् ।
आइकाओले हेर्ने उडान सुरक्षाकाकुल आठवटा विषयमध्ये नेपालको सबैभन्दाकमजोर पक्षविमान दुर्घटना र घटना अनुसन्धानमा देखा परेको छ।
‘विमान दुर्घटना भएपश्चात् सरकारले तुरुन्तै प्रतिवेदनदिनुपर्ने, आयोग गठन गर्ने, सो आयोगले प्रतिवेदनबुझाउने तर आयोगले दिएको सुझाव–सिफारिस कार्यान्वयनमा रुचिनदेखाउने प्रवृत्तिले गर्दा आइकाओले समेत पटके आयोग होइन, दुर्घटना जाँचमा स्थायी संयन्त्रहुनुपर्नेमा जोड दिएको छ। यो सुझावलाई अनुसरण गरी दुर्घटना जाँचकालागि स्वतन्त्र, निष्पक्ष र स्वार्थ नबाझिने एउटा स्थायी संयन्त्रको विकास गर्न पूर्वशिक्षामन्त्री समेत रहेकी सांसद श्रेष्ठले सुझावदिएकी छन् ।
सन् २०१३ देखि युरोपेलीयुनियनले नेपालकाहवाई कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। कानुनकार्यान्वयनभएरनभएको अनुगमन र निरीक्षणको योजनाबारे जनतालाई जानकारी दिनउनको अर्को सुझाव छ।
मापदण्ड नपुगेकालाई कारबाही गरी मापदण्ड पुरÞ्याउन केही समय दिएर पुनः निरीक्षण गर्न उनले भनेकी छन्। ‘आफूलाई दिइएको कामनगर्नु पनि भ्रष्टाचार हो,’ उनले सुझावपत्रमा लेखेकी छन्,’जनताको करको पैसाले तलबलिएर पनिकामनगर्ने व्यक्तिलाई निर्मम भएर दण्डित गर्नुहोला ।’
कानुनले निर्दिष्ट गरेको अख्तियारी तथा क्षेत्राधिकारभित्र रहेर जिम्मेवारी पूरा नगर्ने तथा दोषीलाई कारबाहीनगर्ने सम्बन्धितअधिकारीमाथिपनि कारबाही गर्न उनले भनेकी छन् । उनले कर्मचारीतन्त्रतथाजिम्मेवार पदाधिकारीहरूको नियुक्तिदेखि गल्ती गर्नेलाई समेत बचाउनउद्यतहुने राजनीतिक नेतृत्वमा रहेकालाई समेत कारबाही गर्ने आँट गर्न सुझावदिएकी छन् ।
नागरिक उड्डयनप्राधिकरणमा संरचनात्मक सुधार, जलतथा मौसम विभागको कमीकमजोरीलाई हटाउन आर्थिक सहयोग र उपलब्धप्रतिवेदनका सुझाव सार्वजनिक र कार्यान्वयनको मागउनले गरेकी छन् ।
‘सदनकादुई ठुला दल मिलेर बनेको दुईतिहाइविश्वास प्राप्तशक्तिशाली सरकारका सम्माननीयप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीयमन्त्रीबद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ,’उनले सुझावपत्रको अन्त्यमा लेखेकी छन्, आशा छ अब भनेजनतालाई निराशबनाउनु हुनेछैन ।’
हुनतमन्त्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपालनागरिक उड्डयनप्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) हरूसँग, पूर्व पर्यटनमन्त्रीहरुसँग पनि सुझावलिएरकाम गरिरहेको दावी गरेका छन् ।
उनले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि सुझावमाग गरेका थिए । अहिले मन्त्रालयमातहतकाबेथिति र विसंगतहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताएकामन्त्री पाण्डेले विकृतिको डुङ्गुर माथिउभिएको काम गर्नुपर्ने वातावरणअन्त्य गर्ने प्रण पनि गरेका छन् ।
कानुनीर संवैधानिक सहयोग मागेका उनले समग्र हवाई उड्डयनको क्षेत्रमाअध्ययन गर्नका लागिउच्चस्तरीय सुझावआयोग बनाउनलागेको बताएका छन् ।
यता, घोषणामै सीमित रहेको पर्यटन दशक (सन् २०२३–२०३३) लाई पनिमन्त्री पाण्डेले नयाँ स्वरुपमा अघि बढाउनुपर्ने बाध्यता छ । पर्यटन दशक घोषणा भएको डेढ वर्ष बितिसक्दासम्म एउटै सरकारी कार्यक्रमहरू समेत हुननसकेको अवस्थामामन्त्रीकाकाँधमाथपजिम्मेवारी थपिएको छ ।
यस्तै नेपालमानिर्माण भएकाअन्तर्राष्ट्रिय विमानस्थललाई नियमित संचालन गर्न, रुट परमिट ल्याउनदेखि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर विश्वव्यापीप्रचार गर्नुपर्ने, सगरमाथालगायतकाअन्यहिमालको पहिचान, प्रवद्र्धन, आरोहणका लागिनीतिगत सुधार गर्नुपर्ने जिम्मेवारी पनि छ ।
सत्ता साझेदर दल नेपालीकांग्रेसको सहमहामन्त्री समेत रहेका पाण्डेलाई पार्टी राजनीतिमा एक असल, निष्ठावान र अध्ययनशील नेताका रुपमाचिनिएकाले पार्टीको माथिल्लो तहसम्मपुग्नेगरी काम गर्नुपर्ने अर्को दायित्वपनिथपिएको छ । उनलाई भावीमहामन्त्रीका रुपमापनि हेरिएकाले मन्त्रीभएकाबखत देखिनेगरी र नागरिकले अनुभुतहुनेगरी काम गर्नुपर्ने जिम्मेवारी छ ।



