Comments Add Comment

Advertisment

SKIP THIS

बिरुवा गाउँपालिकाका अध्यक्ष कुँवर पक्राउ पुर्जी जारी भएपछि फरार

३० साउन , काठमाडौ । स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध सहकारी ठगी अभियोगमा पक्राउ पूर्जी जारीपछि फरार भएका छन् ।

सहकारीको बचत अपचलन अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको अनुमतिमा उनीविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार भएका हुन् ।

बाँडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको विरुवास्थित सेवा केन्द्रबाट बचतकर्ताको रकम अपचलनमा उनी मुछिएका हुन् । सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

उनको मोवाइल मंगलबारदेखि अफ छ र उनी सम्पर्कविहीन भएका छन् । कुँवरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै