Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त : घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको स्थानीयबासी भनाई

३१ साउन , काठमाडौ । ट्राफिक प्रहरीकै सामु भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयबासी आक्रोशित छन् ।

गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्र दिएर घिसारेको थियो । केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सँगै ट्राफिक प्रहरीलाई लखेटे । प्रदर्शनकारीले ट्रकमाथि आगजनीसमेत गरेका छन् । केहीबेरमा आगो भने निभाइएको छ ।

मृतक स्कुटर चालक महिलाको पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment