Comments Add Comment

Advertisment

SKIP THIS

सामान डेलिभरी गर्ने युवालाई गार्डले घुँडा टेकाएपछि चीनमा व्यापक विरोध

 ३१ साउन , काठमाडौ । अनलाइन सामान डेलिभरी गर्ने एक युवालाई सुरक्षा गार्डले घुँडा टेकाएपछि चीनमा व्यापक विरोध भएको छ ।

बेलायती च्यानल बीबीसीका अनुसार घुँडा केटाएको विरोधमा दर्जनौं राइडरहरुले प्रदर्शन गरेपछि यो समाचार धेरै फैलिएको हो ।

गत सोमबार चीनको सांघाइ नजिकैको तटीय राज्य चचिआङको राजधानी हाङचाओमा घटेको यो घटना सोमबारको हो । भित्र छिर्न नदिएपछि डेलिभरी गर्ने युवाले याचना गरेका थिए । सयममै छिर्न नदिँदाखेरि खराब प्रतिक्रिया दिने भन्दै उनले याचना गरेका थिए ।

तर, गार्डले दिएका थिएनन् । बीबीसीका अनुसार चीनमा १ करोड २० लाखले डेलिभरीमा काम गर्छन् । कोभिड पछि यो व्यापारको फैलावट बढेको बताइएको छ । सामाजिक संजालमा यो भिडिओ फैलिएपछि अनलाइनमा विरोध पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

मेरो देश नेपाल

चीन पत्रकारका लागि विश्वकै खराव देश

Advertisment

छुटाउनुभयो कि? सबै