Comments Add Comment

Advertisment

SKIP THIS

‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक सगै बिवादमा तानिने लक्षण

३१ साउन , काठमाडौ । प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ ।

आइतबार ओएसआर युट्यव च्यानलबाट रोमान्टिक गीत सार्वजनिक भएको हो। दीपक शर्माद्वारा संगीतबद्ध डान्सिङ ट्रयाकमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर समावेश छ ।

 

गीतमा फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । नृत्य निर्देशक सुनिल क्षेत्रीले कलाकार र गीतको मुडअनुसार भिन्न सेट र कथानुसारको कम्पोज गरेका छन् ।

गीतको सुरु र अन्त्यमा अर्का मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को न्यारेसन समावेश छ । यो फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ । दीपाश्री निरौला निर्देशित फिल्म आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको हो ।

माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै