४ भदौ , काठमाडौ । नेपालक्रिकेट संघ (क्यान)ले पहिलो पटक हुनलागेको नेपालप्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ ।
सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालप्रिमियर लिगको लोगो सार्वजनिक गरे । १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिताहुने मिति तय गरेको गरेको क्यानलेफ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ ।
यसअघि सोहि प्रकृतिको नेपाल टी–२० लिगआयोजनागरेको भएपनिविवादितभएको थियो । आयोजनाको जिम्मेवारी पाएको भारतीयकम्पनीभागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन । त्यसपछि आएको क्यानको नेतृत्वले नयाँप्रतियोगिता घोषणा गरेको हो ।
युवातथाखेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।





