Comments Add Comment

Advertisment

SKIP THIS

आज गाईजात्राः उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

४ भदौ , काठमाडौ ।  प्रत्येकवर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिकपर्व ‘गाईजात्रा’मंगलबार देशभर आरम्भ गरिँदैछ ।

वर्षभित्रदिवङ्गतभएकाआफन्तको सम्झनामाआजकादिनगाई वामानिसलाई गाईका रूपमासिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दानदिने चलन छ। यसरी नगरपरिक्रमागर्नाले वर्षभर मृत्यु भएकाव्यक्तिगाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजाप्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिकानाममागाईजात्रानिकाली सहर परिक्रमा गराउनू’भनी आज्ञा दिएकाआधारमा यो पर्व सुरु भएको ऐतिहासिकतथ्य छ।

यसबाट पनि रानीको मन शान्तहुननसकेकाले विभिन्नप्रकारका प्रहसनतथाव्यङ्ग्यात्मककार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलनचलेको हो भन्ने जनश्रुति पाइन्छ।

भाद्र कृष्ण अष्टमीका दिनसम्ममनाइने यस पर्वका क्रममाप्रहसन, सामाजिकविकृतिप्रतिव्यङ्ग्यात्मकप्रदर्शन, नाचगानतथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

गाईजात्रापर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायकामानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ। यस अवसरमा हास्यकलाकारले पनिविशेषकार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

गाईजात्राकालागिआजउपत्यकाकाजिल्लाहरुमा सार्वजनिकविदादिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment