Comments Add Comment

Advertisment

SKIP THIS

२४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

३ फागुन, काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितमध्ये ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment