Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेत्री पुजा शर्मालाई संचारकर्मीको भूमिकामा देख्न पाइने

१६ भाद्र , काठमाडौ । फिल्ममा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चार कर्ममा थिइन् ।

एक टेलिभिजनमा काम गरिरहँदा फिल्म ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजनकर्ममा ‘ब्रेक’लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा फिल्म ‘रावायण’मा देखिँदैछिन् । यो फिल्म यसै साताअर्थात भदौ २१ गते रिलिज हुँदैछ ।

फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमाबुमबोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामाकरिब १०–१२ वर्षकै ग्यापथियो । पहिला एउटा फ्लोमा पत्रकारितागर्थें । फिल्ममापत्रकारको भूमिकामाअभिनयगर्दा अलिककन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुतीदिँदा पुरानो सम्झनाआउँदो रहेछ ।

त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, फिल्मकी ‘वैभवी’पात्रपुजा भन्छिन् ।

कुनै समयपत्रकारितामा रमाएकीपुजाले ‘रावायण’मा पत्रकार भूमिकामा देखिन केहीअध्ययनपनि गरिन् । ‘यो फिल्ममैले अहिलेसम्म गरिरहेको फिल्मभन्दा फरक थियो । त्यहीभएर अलिक ‘स्ट्रङ’ खालको भूमिकाभइसकेपछि बोलीचाली र लुक्समाध्यानदिएको थिएँ । चरित्रकै लागिनियमित समाचार हेर्थे, को कसरी बोल्छ हेर्थे ।

कतिपयअवस्थामा युट्युबमापनिखोज्थें’, पुजाले चरित्रको तयारी सम्झिइन् ।
पुजाआफ्नै कारणले ‘रावायण’को कथा अघि बढेको बताउँछिन् । ‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । फिल्ममाहामीले एसिड आक्रमणदेखि लिएर देशमामानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’, पुजा भन्छिन् ।

पुजाको भनाईमा उनलाई ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमाआफूलाई ‘रावायण’ले सफलबनाउने उनको बुझाई छ । ‘रावायणबाट म कलाकार भन्दापनिमेकरका रुपमा स्थापितहुने प्रयासमा छु ।

म बेस्ट मेकर भएर आउँ, त्यसकै लागिदर्शकलाई ‘रावायण’ दिँदैछु । दर्शकलाई पनिपुजाशर्माले ल्याउँदा यस्तो फिल्म राम्रो रहेछ है भन्ने अनुभवहोस् ।

म यसपटक मेकरका रुपमामात्रफोकस छु’, पुजाको दाबी छ ।पुजाआफूलाई ‘नम्बर वान’को ट्यागले पुगिसकेको बताउँछिन् । उनकै भनाईमा उनलाई अब पुजाशर्मा भनेर चिन्नकै लागिकुदिरहनु पर्दैन । ‘अब म मेकरको हिसाबले कुदिरहेकी छु । अभिनय र गर्नुपर्नेकाम त गरिरहेको छु । तर मेरो बेस्ट फिल्म कसरी बनाउने, कसरी भन्नेमा केन्द्रीत छु’, पुजा खुल्छिन् ।

फिल्म ‘रावायण’ नायिकासँगै निर्माताबन्दापुजामाथि दोहोरो दबाब छ । त्यहीकारण उनले आगामीफिल्ममाउनी एउटा मात्रविधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माताहुँदा दोहोरो दबाबहुँदो रहेछ ।

अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । किनभने कलाकार र निर्मातादुवैको जिम्मेवारी लिइरहँदाफिल्मको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ताममाथिथपिइरहेको हुन्छ । ‘रावायण’ले मलाई त्यो एउटा पाठ सिकायो’, पुजाको भनाई छ ।

यो फिल्ममापुजाको अपोजिटमा नायकपलशाह छन् । पुजालाई पलसँग सहकार्य गर्न पाउँदानिकै सहजलाग्दो रहेछ । ‘पलमाकलाकारमा हुनुपर्ने हरेक चिज, गुण पाएकी छु । कोहीकलाकार काममाचुजीभइदियो भने त्यसको असर अन्यकलाकारदेखि प्राविधिकसम्मलाई पर्छ । तर, पल सबै कुरामा सहज छ । त्यसकारणले पनिअन्यकलाकारदेखि प्राविधिकलाई काम गर्न सजिलो भयो’, पुजा भन्छिन् ।
पुजा ‘रावायण’ नायकपलकालागि ‘कमव्याक’फिल्म मान्छिन् ।

‘उसले अगाडि अभिनय गरेको फिल्ममा धेरै कलाकार थिए । तर यो फिल्मचाहिँउसकालागिकमव्याक नै हो’, पुजादाबी गर्छिन्, ‘यो फिल्ममाउसले सायदै त अन्यफिल्ममानगरेको मेहनतयसमा गरेको छ । सुटिङ सेटमापललाई हेर्न दुई तीन सय सर्वसाधारण आउँथे ।

उनीहरु सबैलाई समय दिन्थ्यो । सुटिङमा पनिउत्तिकै ध्यानदिने गथ्र्यो । मलाई लाग्छ पलले जीवनमा सबैभन्दा बढी दुःख गरेको फिल्म नै यहीहो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment