Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ प्रहरीद्वारा पाँच दिनमै २८ जना फरार प्रतिवादी पक्राउ गर्न सफल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले पाँच दिनमै २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उनीहरुलाई फरकफरक स्थानबाट पक्राउ गरिएको हो ।

मोरङ जिल्लाका प्रहरी प्रमुख नारायण प्रसाद चिमोरियाका अनुसार लागूऔषध मुद्दाका ८, सवारी ज्यानका ४, केही सार्वजनिक अपराधका ३, चेक अनदार, लेनदेन र बैंकिङ कसुरका २र२ तथा काठ टुक्रा पारी ओसारपसार, नकबजनी चोरी, अभद्र व्यवहार, जालसाज, चोरी, बहुविवाह र कुटपिट अंगभंग मुद्दाका १र१ जनालाई पक्राउ गरिएको छ ।

उनीहरु सबैलाई १२ बर्ष ४ महिना १६ दिन सजाय र एक लाख ८९ हजार १०७ रुपैयाँ जरिवाना तोकिएको छ ।

उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा पेस गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै