
२० मंसिर , काठमाडौ । नेपाल सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने तयारी गरेको छ ।

बेलायत सरकारको माग अनुसार नेपाल सरकारले १० हजार नर्सलाई रोजगारीका लागी पठाउने तयारी गरेको हो । जीटुजी सम्झौता मार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा वेलायतसँग सम्झौताको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

कोभिडपछि वेलायतमा करिब एक लाख नर्सको माग छ । बेलायतले नेपालसहित फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आवद्ध भएका कामदार लैजाने प्रक्रिया सुरु गरेको हो ।
नेपाल सरकारले पहिलो चरणमा ५ हजार नर्सलाई पठाउने छ । बेलायत जाने नर्सले बार्षिक २४ हजार पाउन्ड स्टर्लिंग अर्थात करिब ४५ लाख रुपैयाँ तलब पाउने छन् ।
सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बर भित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिवद्धता जनाएको जानकारी दिए ।




