Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली मेयर बनेर अख्तियारमा पत्र लेख्दा

काठमाडौको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिका वडा नं.९ स्थित जग्गा विवादको विषयलाई लिएर उक्त जग्गाको संरक्षण गर्नको लागि “ सार्वजनिक जग्गाको संरक्षण गर्न सम्मानित आयोगबाट हाम्रो नगरपालिकालाई निर्देशन जारी पाउँ “ भन्ने विषयमा एउटा निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाललाई लेखिन्छ ।

शुरुमा उक्त पत्र तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जनको नाममा देखिन्छ । पछि सो पत्र लेख्ने मानिस उहाँ नभएर अर्कै हुनसक्ने आँकलन गरिन्छ र पत्र लेखेको ३ दिन पछि नक्कली मेयर बनेर पत्र लेखेको कुरा पत्ता लाग्छ ।

उक्त कार्य तारकेश्वर नगरपालिका वडा नं.८ स्थित बसोवास गर्ने एक ब्यक्तिले ब्यक्तिगत रिसिइवीले लेखेको कुरा सम्बन्धित निकाएको अनुसन्धानबाट खुलेको छ ।

हाल उक्त ब्यक्तिलाई कानुनी दायरामा ल्याइएको कुरा सोही नगरपालिकाका एक कर्मचारीले भनेका छन् ।

यसरी नेपालका प्रायः प्रशासनिक कार्यालय तथा विभागहरुको अफिसको लेटरप्याड तथा छाप हुबहु बनाई यस्ता कृत्य काम गरेर कयौं मानिसहरुले ब्यक्तिगत फाइदा लुटेका छन् जसले गर्दा इमान्दार ब्यक्ति तथा जनप्रतिनिधिको चरित्र हत्या गर्ने दुस्साहस बढ्दै गएको पाइन्छ ।

यसको लागि सम्बन्धित निकायले यस्ता ब्यक्तिहरु पत्ता लगाई कानुनी दायरामा उभ्याउनको लागि ढिला गर्नु हुँदैन ।

अन्यथा समाजको लागि यस्ता कलंकले आलुको ठूलो बोरामा एउटा आलु कुहियो भने सवै विगार्छ भनेजस्तो त्यस्ता बदनियत ब्यक्तिहरुको कारण घरपरिवार, समाज तथा राष्ट्रमासमेत नकारात्मक छवी उत्पन्न भई पुरै समाजलाई नै दुर्गन्धित बनाउँछ ।

तसर्थ यस्ता मानिसहरुको पहिचान गरी सम्बन्धित निकायले तुरुन्त कारवाहीको दायरामा ल्याउन ढिला गर्नु हुँदैन ।

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै