Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरको जितपुरमा पार्क गरिएको मोटरसाइकल चोरी : तीन जना चोरको मुहार यस्तो

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरमा चेनमा लक लगाईएर राखेको मोटरसाईकल चोरी भएको छ ।

उक्त बाईक जितपुर देखि गैरीगाउँ जोड्ने नयाँ बाटोको छेउमा रहेको एक शिव मन्दिरमा पार्क गरिएको मोटरसाइकल चोरी भएको भएको छ।

मन्दिर परिसरमा बाईक धनि (सुबास जमकटेल) पार्क गरिएको बाइक नम्बर बा ०२ -०१७ प ००९६ मोटरसाइकल तीन जना व्यक्तिहरूको समूहद्वारा चोरी गरिएको हो।

घटनास्थल नजिकै रहेको एक घरको सिसिटिभी क्यामेरामा उक्त चोरीको दृश्य स्पष्ट रूपमा देखिएको छ।

भिडियो फुटेज अनुसार, चोरी भएको मोटरसाइकलको पछाडिको चक्कामा लक लगाइएको हुँदा सिधै गुड्न सक्ने अवस्था थिएन।

तर, तीन जना चोरमध्ये दुई जनाले बाइकको पछाडिको भाग उठाउने काम गर्छन् भने तेस्रो जनाले ह्यान्डल समातेर बाइकलाई अघि बढाउँछन्।

उक्त समूहको गतिविधिमा कुनै हतार वा डर देखिदैन। उनीहरू आत्मविश्वासी र योजनाबद्ध देखिन्छन्, जसले गर्दा उनीहरू यस किसिमका चोरीमा पहिले पनि संलग्न भएको अनुमान गर्न सकिन्छ।

घटना भएको स्थानभन्दा करिब पाँच मिनेटको दुरीमा रहेको एक जङ्गल रहेको स्थानीयले बताएका छन्। न्युज24ग्यालेक्सी अनुसार, चोरीपछिको अनुमानित योजना अनुसार उक्त गिरोहले बाइकलाई उक्त जङ्गलमा लैजाएर लक तोड्ने कार्य सम्पन्न गरेका हुन् र त्यसपछि सजिलै आफ्नो गन्तव्य तर्फ लागेका हुन सक्ने सम्भावना उच्च छ।

सिसिटिभी फुटेजमा अनुहार स्पष्ट नदेखिए पनि, चोरहरूको हाउभाउ, गति, र आत्मविश्वासले उनीहरूले पूर्व जानकारीका आधारमा योजनाबद्ध रूपमा चोरी गरेको पुष्टि गर्छ। यसबाट उनीहरू कुनै स्थानीय गिरोहका सदस्य हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न।

स्थानीयवासीले यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी प्रशासनले तत्काल अनुसन्धान अघि बढाउनुपर्ने माग राखेका छन्।

यता, प्रहरीले पनि घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ र अनुसन्धान तीव्र पारिएको बताइएको छ।

सवारी साधन चोरीका घटना बढ्दै गइरहेका सन्दर्भमा, सबै नागरिकलाई आफ्ना गाडी, बाइकहरू सुरक्षित स्थानमा राख्न, सकेसम्म डबल लक प्रयोग गर्न, र शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै