२० मंसिर काठमाडौ । थप २ सय ६५ जनामा कोरोना ९कोभिड(१९० संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ८ सय ३० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ४९ सय १ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ जना पुगेको छ ।





