Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर एक युवकको मृत्यु

२० मंसिर काठमाडौ । काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।

घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

करेन्ट लागेर एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै