बैशाख १४, काठमाडौ । गत २६ दिनदेखि विविध माग राखी आन्दोलनमा होमिएका शिक्षकहरुमाथि आज प्रहरीद्वारा पानीको फोहरा तथा अश्रुग्यांस प्रयोग गरीको छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा २६ दिनदेखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको हो । शिक्षा ऐनको माग राख्दै माइतीघरबाट भेला भएका शिक्षकहरूको प्रदर्शनले स्थिति तनावपूर्ण भएको छ ।
करिब ६० जना शिक्षक गम्भीर घाइते भएका छन भने यसैक्रममा स्थिति निकै तनावपूर्ण देखिएको छ ।


