Comments Add Comment

Advertisment

SKIP THIS

कटारीका डीएसपी कमल बजगाईं चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

नेपाल प्रहरी अन्तर्गत ‘Police of the Month’ अवार्ड चैत महिनाको लागि उदयपुर जिल्लाबाट इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक, डीएसपी कमल बजगाईंलाई घोषणा गरिएको छ।

नेपाल प्रहरीले सेवा, सुरक्षा र जनविश्वासको मूलमन्त्रलाई आत्मसात् गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई मासिक रूपमा प्रदान गर्दै आएको उक्त सम्मान बजगाईंले विभिन्न उल्लेखनीय कार्यका आधारमा प्राप्त गरेका हुन्।

उनको नेतृत्वमा ४ दशमलव ८ किलोग्राम ब्राउन सुगरसहित ५ जना लागूपदार्थ कारोबारी, ५०० ग्राम चरेससहित ३ जना, तथा अन्य विभिन्न अभियोगमा फरार अभियुक्तहरूसमेत पक्राउ परेका छन्। त्यस्तै, एक लाख १५ हजार रुपैयाँ बराबरको प्रतिबन्धित रक्सी समेत नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ।

यसका अतिरिक्त, चोरी, ठगी, घरेलु हिंसा र आत्महत्याको प्रयास जस्ता घटनामा तिव्र अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने कार्यमा पनि उनी सफल भएका छन्।

सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले सचेतनामूलक अभियान, सवारी चेकजाँच र स्थानीय समन्वयमा पनि डीएसपी बजगाईं अग्रसर रहेका छन्।

यिनै समग्र गतिविधिको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले उनलाई ‘२०७९ सालको चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै