Comments Add Comment

Advertisment

SKIP THIS

टी–ट्वान्टी वरीयतामा नेपाल यथास्थानमा

२० मंसिर काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथास्थानमा रहेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यसअघिकै झैं १२ औं स्थानमा रहेको हो । आईसीसीले जारी गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । त्यस्तै न्युजिल्याण्ड चौंथो तथा दक्षिण अफ्रीका पाँचौ स्थानमा छन् ।

एकदिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमा रहेको छ । उता टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा उक्लिएको छ । नयाँ वरीयता अनुसार भारत शीर्ष स्थानमा उक्लिएको हो । टेस्टमा न्युजिल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो,इंग्ल्यान्ड चौंथो र पाकिस्तान पाँचौ स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै