धर्मस्थली, तारकेश्वर। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना र बजेट निर्माणका लागि तारकेश्वर नगरपालिकाले आज सरोकारवालाहरूसँग खुला अन्तरक्रिया गर्यो।
नगर सभाहलमा भएको कार्यक्रममा स्थानीय निकाय, प्रदेश सरकार र समुदायका प्रतिनिधिहरूले सहभागिता जनाए।
प्रमुख अतिथि र विशेष उपस्थिति :-
कार्यक्रमको अध्यक्षता नगरप्रमुख कृष्ण हरि महर्जन ले गर्दै पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित रहे। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी विशेष अतिथिको रूपमा पुगेकी थिइन्।
उपनगरप्रमुख श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, सबै वडाध्यक्ष, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी अधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन र विषयवस्तु :-
– वडा १ का वडाध्यक्ष विदुर सापकोटा ले स्वागत भाषण गरे।
– प्रमुख प्रशासनिक अधिकृत ईश्वर प्रसाद आचार्य ले आगामी बजेट र योजनाहरूको रूपरेखा प्रस्तुत गरे।
– वडा २ का वडाध्यक्ष राधाकृष्ण खड्गी (नगरपालिका प्रवक्ता पनि) ले कार्यक्रम संचालन गरे।
उद्देश्य: समावेशी योजना निर्माण :-
यस कार्यक्रमको मुख्य लक्ष्य आगामी बजेट र विकास योजनाहरू स्थानीय आवश्यकताका आधारमा बनाउनु थियो। सहभागीहरूबाट आएका सुझाव, सल्लाह र आवश्यकतालाई प्राथमिकतामा राखी नगरको विकास रणनीति तय गरिने बताइएको छ।










