Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटको पिपलटारमा विद्युतिय माइक्रोबस दुर्घटना, मानवीय क्षति भएन

नुवाकोट, असोज २१ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटार क्षेत्रमा आइतबार बिहान एक विद्युतिय माइक्रोबस दुर्घटनामा परेको छ। पार्किङ गर्ने क्रममा वडा कार्यालय नजिकै बा. ०१ ज ४६८ नम्बरको विद्युतिय माइक्रोबस अचानक दुर्घटनामा परेको जनाइएको छ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। तर, सो गाडी आंशिक क्षतिग्रस्त भएको बताइएको छ।

हालका दिनमा नुवाकोटमा विद्युतिय गाडीका दुर्घटनाहरू बढ्दै गएको भन्दै स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले चालक र यात्रु दुबैलाई सचेत रहनुपर्नेमा जोड दिएका छन्।

चाडपर्वको समयमा यात्रुहरूको चाप बढ्ने भएकाले सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरीले समेत आम सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न, सावधानी अपनाउन र जिम्मेवार ढंगले यात्रा गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै