Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक (इन्स्पेक्टर) ललिता ढकाल नुवाकोट जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित

५ जेठ ,नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट दरबन्दी हुनुभएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) ललिता ढकाल नुवाकोट जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

इन्स्पेक्टर ललिता ढकालले विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका छन् ।

साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इन्स्पेक्टर ढकाललाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै