Comments Add Comment

Advertisment

SKIP THIS

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सम्पन्न

काठमाडौँ — नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ।

विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा उक्त तालिम काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो।

तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

उनीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक ज्ञान तथा प्रायोगिक सीप प्रदान गरिएको हो।
यसअघि सहभागीहरूले गत चैत्र महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतिय सवारीसाधन संयन्त्र सम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाइसकेका थिए।

साथै, नाइमा मोबिलिटी संवाद कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए।

नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले प्राविधिक शिक्षा तथा सीप अभिवृद्धिमा यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा CTEVT का उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनलाई पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो। बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

तालिममा टोयोटाका प्राविधिक विज्ञहरूले हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण दिएका थिए भने विद्युतिय सवारीसाधनसम्बन्धी ३ दिने तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूले सञ्चालन गरेका थिए।

नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि प्राविधिक क्षमता अभिवृद्धि र संवादलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

NAIMA Press Releasew on EV-Hybrid Vehicle Meshanism Training

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै