प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन् ।
प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो करिब ३ बजे रिसोर्ट पुगेको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहको यो भ्रमण पूर्ण रूपमा पारिवारिक रहेको छ । सरकारी वा राजनीतिक कार्यक्रम नरहेको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाह आज राति सोही रिसोर्टमा बस्नेछन् भने शनिबार त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका रहेको छ ।
कास्कीको अस्ताम प्राकृतिक सौन्दर्य र ग्रामीण पर्यटनका लागि परिचित क्षेत्र हो । अन्नपूर्ण इको भिलेज रिसोर्ट माछापुच्छ्रे गाउँपालिका–६ मा रहेको पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।








