Comments Add Comment

Advertisment

SKIP THIS

जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू

२३ मंसिर काठमाडौ । सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू गरेको छ ।

कार्यालयले जिल्लाको स्याउबारीदेखि धुन्चेसम्मको जोखिमपूर्ण स्थानका सडकको मर्मतको काम सुरु गरेको हो । सडक साँघुरो र अप्ठ्यारो हुँदा सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम सुरू गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए । मुलखर्कमा सडक साघुँरो र असहज भएसँगै तत्काल मर्मत कार्यअघि बढाइएको उनले बताए ।

राम्चेदेखि मुलखर्कसम्मको बाटो अलि बढी जोखिम छ, सवारी आवतजावतमा समस्या भएकोले हाम्रो कार्यालयले तत्काल इमरजेन्सिको रुपमा काम गरेको हो,’ उनले भने, ‘मुलखर्कमा उकालो सडक, सवारी आवतजावतमा समस्या भएकाले तत्काल मर्मतको काम गरेको हो, अब ठेक्कामार्फत् सडक मर्मतको काम सुरू हुन्छ ।

सडक डिभिजन कार्यालय नुवाकोटका अनुसार मुलखर्क-राम्चे खण्डको सडकमा जोखिम छ । हरेक वर्ष वर्षायाममा बाटो भत्किने र धसिने हुने गरेको छ । ‘पानी परेपछि यो सडकमा बाटो बिग्रने गरेको छ, जति मर्मतको कार्य गरे पनि हरेक वर्ष समस्या दोहोरिरहेको छ। त्यस्लाई अस्थायी रूपमा काम गर्ने हो, तत्काल इमरजेन्सीमा हामीले अहिले मुलखर्कमा ग्राभेल गरी सवारी आवतजावतमा सहज बनाएका हौँ,’ रिमालले भने, ।

स्याउबारीदेखि धुन्चेसम्मको सडक साँघुरो तथा अप्ठ्यारो हुँदा केही दिनअघि मात्र चीनबाट आयात भएको स्याउ बोकेर आएको मालबाहक कन्टेनर र टाटासुमो दुर्घटनामा परेको छ । सवारी दुर्घटना, र सवारी संचालनमा समस्या भएसँगै सडक डिभिजन कार्यालय नुवाकोटले जोखिमपूर्ण स्थानको सडक मर्मतको कार्यलाई अघि बढाएको हो ।

बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय नुवाकोटमार्फत चालु आर्थिक वर्ष २०७८र०७९ मा करिब १० करोड बजेट विनियोजन भएको जनाइएको छ । जसमध्ये ८ करोड सडक मर्मतका लागि बजेट बिनियोजन भएको बताइएको छ । डिभिजन प्रमुख रिमालका अनुसार सडक मर्मतका लागि दुईवटा ठेक्का लागिसकेको र बाँकी पनि ठेक्का प्रक्रियामा छ ।

यो वर्ष बेत्रावतीदेखि धुन्चेसम्मको चार किलोमिटर अप्ठ्यारो सडक ढलान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै