Comments Add Comment

Advertisment

SKIP THIS

कट्रिना र विक्की आज वैवाहिक जीवनमा बाँधिंदै

२३ मंसिर काठमाडौ । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् ।

राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त र केही राजनीतिज्ञसहित १२० जनालाई आमन्त्रण गरिएको छ ।

मंगलबार नै कट्रिनाले विक्कीको नामको मेहन्दी हातमा लगाइन् भने संगीत र हल्दी सेरेमनी पनि आयोजना भइसकेको छ । यस्तै बुधबार राति अतिथिहरुका लागि पुल पार्टीको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

कट्रिना(विक्कीको विवाहका लागि विशेष मण्डप तयार पारिएको छ । रजवाडे शैलीमा बनाइएको बन्द सिसाको मण्डपमा कट्रिना र विक्कीले बिहीबार सातफेरा लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै