Comments Add Comment

Advertisment

SKIP THIS

भारतको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन

२४ मंसिर काठमाडौ । भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ ।

पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् ।

भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९।४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए ।

नेत्रगंजस्थित मावि व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै