Comments Add Comment

Advertisment

SKIP THIS

विरोधको कार्यक्रम निरन्तर रहने छ, उत्तेजनामा आए परिणाम नराम्रो होला : अध्यक्ष ओली

२८ मंसिर काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँदे संसद बैठक चल्न नदिने बताएका छन् ।

आजको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने बताए ।

उनले भने, ‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’ संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिए ।

‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment