Comments Add Comment

Advertisment

SKIP THIS

सीआईबीको आर्थिक अपराध अनुसन्धान गर्ने सई व्यापारीसँग रकम लिन जाँदा पक्राउ

२८ मंसिर काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत प्रहरी नायब निरीक्षक (सई) व्यापारीसँग रकम लिन जाँदा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सई विष्णु ढुंगाना छन् । एक व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको आरोपमा ढुंगाना पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका उनीविरुद्ध आपराधिक लाभ कसुरमा महानगरीय प्रहरी परिसरले मुद्दा दर्ता गरेको प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।

उनका अनुसार ढुंगानाले ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कर्मचारी हुँ’ भन्दै त्यहाँ रहेको मुद्दा मिलाइदिन व्यापारीसँग रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

‘गैरव्यावसायिक क्रियाकलाप गरेकाले उनलाई पक्राउ गरेका छौं, थप अनुसन्धान हुँदै छ,’ एसएसपी कुँवरले भने । ढुंगाना सीआईबीको आर्थिक अपराध अनुसन्धान क्षेत्रमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै