Comments Add Comment

Advertisment

SKIP THIS

विदेशी मुद्राको सञ्चिति घट्यो

२९ मंसिर काठमाडौ । मुलुकको विदेशी मुद्राको सञ्चिति घटेर १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर सञ्चितिमा रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ११.० प्रतिशतले घट्दै १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बैंकले जनाएको छ । 

२०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ६०.० प्रतिशत र २३.८ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमयदर

Advertisment

छुटाउनुभयो कि? सबै

विदेशी मुद्राको बिनीमय दर

विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर