Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रीय

List Grid
नेपाल प्रहरीका डिएसपी जय रिमालको कविता : रातको प्रहरी

रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …

कीर्तिपुर क्रिकेट मैदानमा पार्किङ शुल्क हट्यो, जेनजि अगुवा मदन बहादुर शाहीको पहल सफल

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट मैदान क्षेत्रमा दर्शक तथा विद्यार्थीमाथि लिइँदै आएको पार्किङ शुल्क आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
एनपीएल सुरु भए देखि कीर्तिपुर विकास समाजको नाममा असुलिँदै आएको शुल्क हटाउन जेनजि अगुवा मदन बहादुर शाहीले गरेको सक्रिय पहल, निरन्तर आवाज र दवाब निर्णायक सिद्ध भएको हो।
शाहीले मनपरी रूपमा भइरहेको शुल्क असुलीले विद्यार्थी तथा सर्वसाधारणमाथि अनावश्यक आर्थिक बोझ परेको भन्दै विरोध जनाएका थिए। उनले सम्बन्धित निकायसँग  समन्वय गर्दै शुल्क तत्काल रोक्न माग गरेका थिए।
उनको पहललाई सम्बोधन गर्दै जिम्मेवार निकायहरूले आजदेखि पार्किङ शुल्क संकलन पूर्ण रूपमा रोकिएको औपचारिक घोषणा गरेका छन्। यससँगै …

डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

डिएसपी दिनेश घिमिरेको दुई सय औं कविता : शुभकामना दिपावलीको

अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

एसएसपी नवराज अधिकारीद्वारा प्रहरी कर्मचारीलाई रिफ्रेस बनाउन सिनेमाको टिकटदेखि हाइकिङसम्म

काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …

नेपाल प्रहरीका डिएसपी जयश्वर रिमालको कविता : (म-हामी) प्रहरी

मुटु भक्कानिएको छ, मन बहकिएको छ,
बोल्न अनि लेख्न धेरै मन छ !
तर भावनामा बहकिने छुट कहाँ छ र मलाई ?
जिम्मेवारी निर्वाहको क्रममा लागेको चोटमा
आँशु बगाउने छुट समेत छैन मलाई ।
सायद, म एक संवेदनाहिन मानव हुँ !
कर्तव्यको बलिबेदीमा रगत र पसिना धेरै बगाएँ,
तर यहाँ बलिदानीको रगतमा पनि भेदभाव हुँदो रहेछ !
अरुका रगतले व्यवस्थामै परिवर्तन ल्याउँदा पनि
हाम्रा रगत भने सदा मूल्यहिन हुँदा रहेछन् ।
उस्तै जिम्मेवारीमा रहेका अरुले जिम्मेवारी पूरा गरे पनि हुने नगरे पनि हुने,
तर हामीले भने हरेक कठिन परिस्थितिमा ढाल बनी उभिनुपर्ने,
जिम्मेवारी पूरा गर्दा पनि नगर्दा पनि कानुनी कसीमा बाँधिनुपर्ने,
गल्ती भए …

डिएसपी दिनेश घिमिरेको एक सय ९७औं कविता : म देश बोकिरहनेछु

खरानी टाउकाकोमा लगाई
भूतहरूको मसान्तसम्म
मलाई दूत बनेर पठाँइदिनु
र पनि म देश बोकिरहनेछु।।
आगोले जलाईदिनु स्तम्भहरू
आतंकको अन्तिम परिधिसम्म
मलाई घोचिँरहनु परिबर्तनहरूमा
र पनि म सदैव देश बोकिरहनेछु।।
हाँनिरहनु लात्तीहरूले छातीहरूमा
असन्तुष्टिको असिमित पराकाष्ठासम्म
मलाई जसरी सक्छौ लखेटीँरहनु
र पनि म फेरि मेरो देश बोकिरहनेछु।।
पाखण्डको कफन बाधेर उग्रतामा मग्न
हरेक बिम्महरूमा मेरो परिभाषा खोज्नु
मेरा छातीमा आफुखुसी प्रहार गरिरहनु
र पनि म हरेक प्रहरमा देश बोकिरहनेछु।।
मलाई मेरो मुल्य चाँहिदैन फेरि फेरि
छुट्टै फरक अस्तित्व भित्र मलाई नहेर्नु
मेरो मनलाई पटक पटक दुखाईरहनु
र पनि म हरपल देश बोकिरहनेछु।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

कोशी प्रदेश भरिमै पाँचथर जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट हुन सफल

आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको छ ।
साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल …

एसपी गोविन्द पुरीद्वारा प्रहरी जवान कपिल घिमिरेलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक दरवन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान कपिल घिमिरे असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्दपुरीका अनुसार विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ …