१२ जेठ ,काठमाडौ । तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ४२ जना कोरोना संक्रमित थपिएका छन । थप संक्रमितमा २५ जना महिला र १७ जना पुरुष रहेका छन ।
तारकेश्वर नगर स्वास्थ्यका अनुसार कोरोनाको दोश्रो भेरियन्ट देखा परेपछि तारकेश्वरमा कुल १४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वरमा हाल एक हजार १२४ जना संक्रिय संक्रमित रहेका छन । जसमा ५०३ जना महिला र ६२१ पुरुष रहेका छन ।
कोरोनाको दोश्रो चरण पछि हालसम्म नगरपालिकामा कोरोना निको हुनेको संख्या २७७ जना पुगेको छ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन केन्द्मा ८ जना कोरोना संक्रमित उपचाररत छन। तारकेश्वर नगरपालिकामा पछिल्लो चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसगैं कुल मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ।
कोरोना बिरामीका लागि अति आवश्यक औषधीहरु निस्शुल्क रुपमा प्रदान गरिनुका साथै निस्शुल्क खानपिनको व्यवस्था गरि तारकेश्वर नगरपालिकाले यस विषम परिस्थितीमा कोरोना पिडितहरुलाई राहत दिएको महसुस गरेको छ ।
नगरपालिकाले कोरोना भाइरस नियन्त्रण मा आगामी दिनमा पनि अझै तदारुकता देखाउदै आवश्यक पर्ने अक्सिजन,औषधी जन्य सामाग्रीहरुको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।